जनकपुर जाँदै गरेको बुद्ध एयरको उडानमा समस्या, त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट जनकपुरतर्फ उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ ।

विमानमा समस्या देखिएलगत्तै जहाजलाई काठमाडौं फर्काएर सुरक्षित रूपमा अवतरण गराइएको हो । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् भने कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।

विमानस्थल स्रोतका अनुसार बिहान करिब ७ः०५ बजे उडान भरेको उक्त जहाजमा ल्यान्डिङ गियरसम्बन्धी समस्या देखिएपछि उडान बीचमै रोकिएको थियो र आकस्मिक रूपमा काठमाडौं फर्काइएको हो ।

हाल जहाजको प्राविधिक टोलीले विस्तृत जाँच तथा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?