खेलले दिलाएको गौरव

काठमाडौं । वर्षको पहिलो दिन र अन्तिम दिन सधै विशेष हुने गर्दछ । नेपाली वर्ष २०७८ शुरु हुन एक दिन मात्रै बाँकी छ । कोरोना कहरकाबीच २०७७ लाई बिदाई गर्दै नयाँ वर्षलाई स्वागत गर्न नेपालीहरु तयारी अवस्थामा छन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएका कारण २०७७ भयवित स्थितिमा बित्यो । महामारीका कारण देशभर ६ महिना बढी लकडाउन भयो ।

नेपाली खेलकुदका सबैखाले गतिविधि ठप्प भए । तर जब खेलकुद गतिविधिले क्रमश गति लिन थाल्यो तब उपलब्धिका दृष्टिले सुखद नै रहयो ।

त्रिदेशीय फुटबलको फाइनलमा नेपाल विजयीः ३७ वर्षपछि घरेलु मैदानमा जित्यो उपाधि 

नेपालले त्रिदेशीय फुटबलको फाइनल खेलमा विजय हासिल गर्यो । १६ चैतमा खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले ‘थ्री नेसन्स कप’ उपाधि हासिल गर्यो ।

May be an image of 20 people, people standing and outdoors

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जीत हासिल गरेसँगै नेपालले पुरस्कारस्वरुप ५ हजार अमेरिकी डलर पनि प्राप्त गर्यो ।

May be an image of 23 people, people standing and text that says 'KFU Nations Û Cup al |Kyrgyzstan| Bangladesh CHAMM PION'

३७ वर्षपछि नेपालले घरेलु भूमिमा यो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए ।

विराज महर्जनको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास 

सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले १७ चैतमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उपाधि जितेको नेपाललाई खुसीसँगै विराजको सन्यासले केही भावुक पनि बनाएको थियो । अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका दोस्रो ब्याच विराजले ७३ औँ अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्यासको घोषणा गरेका हुन् ।

विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहिन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्ष पछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि भएका थिए ।

सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराजले यस अघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बनेका छन् ।

कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए • Image Khabar Image Khabar

कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरलामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन–आउट हुँदै फुटबल खेलेका विराजले यस अघि अन्तिम पटक सन् २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।

थ्री स्टार, मनाङ मस्र्याङदीका लागि तीन लिग उपाधि दिलाएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपालले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराज नै कप्तान रहेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए बिराज महर्जनले

खेलकुदलाई जीवन अपर्ण गरेका जो कोही खेलाडीलाई सन्यासको घोषणा गर्नु निकै पिडाको क्षण हुने गर्दछ । सफल रक्षकमा गनिने विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीको रुपमा सधै सम्झिइनेछ ।

इंग्ल्यान्डको टी–ट्वान्टी ब्लास्ट खेल्ने पहिलो नेपाली खेलाडी सन्दिप 

नेपाली क्रिकेट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी–ट्वान्टी क्रिकेट प्रतियोगिता ‘भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । वोर्सेस्टरशायरले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्ध गरेको थियो ।

सन्दीप इंग्ल्यान्डको टी-ट्वान्टी ब्लास्ट खेल्ने पहिलो नेपाली खेलाडी « Lokpath

अष्ट्रेलियामा भएको बिग बास लिग बीबीएल टी–ट्वान्टी क्रिकेटमा होबार्ट हुरिकेन्समा आबद्ध रहेका थिए,सन्दिप।
पीएसएलको ड्राफ्ट र सर्वाधिक महंगो श्रेणीमा सन्दिप पाकिस्तान सुपर लिग पिएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । यसपटक सन्दिपको नाम प्लाटिनममा छ ।

पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान जस्ता उत्कृष्ट क्रिकेटरहरु छन् ।

सन्दीपले इंग्ल्यान्डको टि २० ब्लास्ट खेल्ने « The Nepal Top

प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरिकी डलरदेखि २ लाख १८ हजार अमेरिकी डलरसम्म खरिद गर्न सक्ने छन् । पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिपसहित पाकिस्तान र विदेशी गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ ।

एपीएफलाई पराजित गर्दै नेपाल पुलिसले चुमेको मेयर कपको उपाधि 

पुलिसलाई मेयर कपको उपाधि - Nepal Samaj

नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि चुम्यो,यो बर्ष । फाइनलमा एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको थियो ।

महिला लिग फुटबल एपीएफ च्याम्पियन 

महिला राष्ट्रिय लिग फुटबलको उपाधि एपीएफलाई

शसस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबल उपाधि हात पारेको थियो । लगातार ११ खेलमा अपराजित एपीएफ दुई खेल अघि नै च्याम्पियन बनेको थियो ।

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्व वरियताको तेस्रो नम्बरमा  

ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा उक्लिएका छन् । ब्याडमिन्टनको विश्व महासंघले सार्वजनिक गरेको नयाँ वरियता अनुसार ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् ।

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्व वरियताको तेस्रो नम्बरमा

उनी भन्दा माथि भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठूलो सफलता हात पारेका हुन् ।

पल्सर स्पोर्टस् अवार्ड गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी 

पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जितेका थिए । गौरीकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् ।

Ramro Online | sportsnews

गौरीकाले १३ औँ दक्षिण एशियाली खेलकूद साग मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जितेकी थिइन् । उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी थिइन् । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जितेकी थिइन् । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाएकी थिइन् । उनले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ ।

पल्सर स्पोर्टस् अवार्ड:गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी - Purwanchal Daily

मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जितेका हुन् । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद साग मा स्वर्ण पदक जितेका थिए । उक्त प्रतियोगितामा मण्डेकाजीले कराँतेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जितेका थिए । उनले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जितेका थिए ।

महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित 

नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोट्र्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो ।

पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई 

पिपल्स च्वाइस अवार्ड अरुणालाई – Sourya Online

भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जितिन् । उनले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जितेकी थिइन् ।

कोरोना जितेका क्रिकेटर कुन्दन सिंहको निधन 

राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको गत पुष २६ आईतवार यस संसारबाट बिदा भए । मृगौला रोगबाट पीडित कुन्दनको २३ वर्षको उमेरमा जलेश्वर नगरपालिकास्थित आफ्नै घरमा निधन भएको थियो ।

कोरोना जितेका क्रिकेटर कुन्दन सिंहको निधन « Lokpath

कुन्दनले गत साउनमा कोरोनालाई जितेका थिए । कुन्दनले दुई वर्ष अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ बाट खेलेका थिए ।

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर 

२०७७ मै नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमले मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई पायो ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त – Online Khabar

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

यो पनि पढ्नुहोस् :

यी सेलिब्रिटी जसले यो वर्ष घरजम गरे (भिडियो रिपोर्ट सहित)

जसले हामीलाई गुन लगाए (भिडियो रिपोर्ट सहित)

जो विवादमा तानिए

हामी सधैँ सम्झिरहने छौं, जो हाम्रो माझ रहेनन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?