काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।
सोमबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट तथा सरकारका मन्त्रीहरूका गतिविधिप्रति टिप्पणी गरेका हुन् ।
अध्यक्ष राईले बजेटमा करका दर हेरफेर र जनअपेक्षा सम्बोधन नभएको विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नको सरकारले उचित उत्तर नदिएको बताए । उनले पूर्वाधार विकासमन्त्रीले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारहरूको ‘खुट्टा भाँचिदिने’ भनी दिनुभएको पछिल्लो अभिव्यक्तिको आलोचना गरे ।
सरकार अभिभावकीय भुमिकामा रहनुपर्ने उल्लेख गरे । बजेटमा धरानको खानेपानी आयोजनाका लागि विनियोजित रकमका सम्बन्धमा राईले यो आफ्नो वर्षौँदेखिको एजेण्डा र ड्रिम प्रोजेक्ट भएको दाबी गरे ।
अर्थमन्त्रीमाथि उठेका प्रश्न र संसदीय छानबिन समितिको मागका सम्बन्धमा सत्तापक्षले दुई–तिहाइको दम्भ देखाएको टिप्पणी गर्दै उनले संसदमा आफ्नो भुमिकाका विषयमा स्पष्ट पार्दै आफू अन्यायको विरुद्धमा उभिएको बताए ।
सभामुखले बोल्न नदिएका कारण आफूले प्रतिवाद गर्नुपरेको र त्यो कुनै व्यक्ति विशेषको विरोध नभई प्रक्रियाको सुधारका लागि भएको उनको तर्क थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया