रास्वपाले गर्‍यो चार सांसदको संसदीय समिति हेरफेर, को कहाँ ?

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना चार सांसदको संसदीय समिति हेरफेर गरेको छ । प्रतिनिधिसभा नियमावलीको नियम १७७ बमोजिम सदस्यहरूको नाम हेरफेर गरिएको हो ।

हेरफेरअनुसार सांसद मनिष झालाई उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइएको छ । सार्वजनिक लेखा समितिमा रहेका बुद्धरत्न महर्जनलाई भने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा सारिएको छ ।

त्यसैगरी, बोधनारायण श्रेष्ठलाई पूर्वाधार विकास समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहेका राम लामालाई पूर्वाधार विकास समितिमा पठाइएको छ ।

रास्वपाले संसदीय कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?