करोडौँको काण्डमा मुछिएका गोकुल बाँस्कोटाको यस्तो छ सम्पत्ति विवरण !

काठमाडौँ । नेपालमै स्थापना गर्नेगरी रेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एक नेपाली एजेन्डसँग कमिसनको डिल गरेको आरोप लागेका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री काभ्रेका एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् ।
तत्कालिन एमाले निकट पत्रिकामा लामो समय आवद्ध भएका उनी पत्रकारिता हुँदै राजनीतिमा छलाङ मारेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र उनी ओलीकै आशिर्वादमा सांसदको टिकट पाएर सांसद हुँदै मन्त्री सम्म बन्न सफल भएका हुन् । राज्यमन्त्रीबाट ओली सरकारमा प्रवेश पाएका उनी त्यसको १४ महिनापछि मन्त्री बन्न सफल भएका थिए । यसो त केही अघि उनले सहरी विकास मन्त्रालयको समेत जिम्मेमवारी पाएका थिए ।

विपक्षीप्रति कडा प्रहार, सरकारमाथि हुने आलोचनाको खण्डन गर्ने कडा रक्षाकवज बनेका उनी आफ्नो कार्यकालभरी विवादै विवादले जेलिए । अझै ७० करोड बढीको आर्थिक कमिसनको अडियोले भने उनको राजनीतिमै दाग लाग्यो । उनी मन्त्री पद छाड्न बाध्य भइ सिंहदरबारबाट बाहिरिसकेका छन् ।

करोडौको आर्थिक कमिसनमा मुछिएका बाँस्कोटाको आर्थिक हैसियत सामान्य देखिन्छ । उनले मन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको आर्थिक विवरणअनुसार उनको तारादेवी बास्कोटा ९मानन्धर० को नाममा भक्तपुरको मध्यपुर ठिमीमा जग्गा र त्यही जग्गामा ४ कोठे एक तले घर रहेको छ । जुन पैत्रिक सम्पत्ति बेच्दा प्राप्त भएको रकम र स्वआचार्जनबाट जोडेका हुन् । यसबाहेक उनको काभ्रेमा पाखोबारीसहितको जग्गा रहेको छ । काभ्रेको बनेपामा ३ लाखमा ४ आना जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै तारादेवीको नामा काभ्रेको देवभूमिमा २ रोपनी पाखोबारी रहेको छ भने बुबा हरिप्रसाद बाँस्कोटाको नाममा नयाँ गाउँदेउपुरमा पैत्रिक सम्पत्ति रहेको छ ।

यस्तै १७ तोला सुन र ६० तोला चाँदी रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै ब्राइट बचत तथा ऋण सहकारी संस्थामा आफ्नै नाममा ९९ हजार ९४१ रुपैयाँ र इन्भेस्टमेन्ट बैंकमा १ लाख ९ हजार ९४३ रुपैयाँ, तारादेवीको नाममा एक सहकारीमा ३ लाख ३८ हजार ३२६ रुपैयाँ र कुमरी बैंकमा ११ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसबाहेक समिर बाँस्कोटाको नाममा नबिल बैंकमा १५ लाख र शुलभ बाँस्कोटाको नाममा इन्भेस्टमेन्ट बैंकमा १६ हजार १०० रुपैयाँ रहेको उल्लेख छ । त्यसमा पनि छोरा समिरलाई विदेश पठाउनको लागि १५ लाख कुवेर सापकोटा र विष्णु खनालसँग १५ लाख ऋण लिएको बाँस्कोटाको भनाइ छ ।

यस्तै प्राइम बचत तथा ऋण सहकारीमा गोकुलकै नाममा १ हजार कित्ता सेयर रहेको देखिएको छ ।

सवारी साधन केहीपनि नरहेको, कृषिधन तथा पशुधन केही पनि नभएको बाँस्कोटाले बताएका छन् भने घरमा सामसुङको टिभी रहेको बताएका छन् ।

आइफोन एउटा र ल्यापटप ३ वटा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । केहि समय अगाडी उनले आईफोन सामसुङ कम्पनिको भनेर लेखेका कारण सामाजिक सञ्जालमा भाईरल भएको थियो ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/02/GPBaskota.pdf”]

 

यसअघि लोकपथमा प्रकाशित यी समाचारहरु पढ्नुभएको थियो ? 

ट्वीटरबाट मन्त्रीले गरे राजीनामा घोषणा ! 

मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

बाँस्कोटाको अडियो बाहिरिएपछि डा. बाबुराम भट्टराईको यस्तो व्यङ्ग्य !

सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप

अडियो प्रकरणमा बाँस्कोटाले मुख खोले : ठूलो कुरो होइन

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)

प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने

सञ्‍चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल

मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन होस् : साझा पार्टी

प्रधानमन्त्रीजी नैतिक कठघरामा पर्नुभयो : पत्रकार विजयकुमार पाण्डे

सञ्चारमन्त्री अडियो प्रकरण : कांग्रेसले भन्यो-प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ

मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी (विज्ञप्तिसहित)

मन्त्रीले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आक्रोश (विज्ञप्तीसहित)

सञ्चारमन्त्रीको अडियो प्रकरण : छानविन समिति बनाउन लेखा समितिको माग

प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाए बालुवाटार

सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्त माग गर्दै साझा पार्टीले प्रदर्शन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?