१३ औं सागलाई फर्केर हेर्दा …

काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज सकिएको छ । आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापनलाई भव्य बनाउने तयारी गरेका छन् ।

गत डिसेम्बर १ देखि औपचारिक रुपमा सुरु भएको  १३औं (साग) को अन्तिम तथा १० औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा भएको थियो ।

अन्तिम दिनसम्म भारत १ सय ७१ स्वर्ण सहित पदक हात पार्दै पहिलो स्थानमा रहेको छ । आयोजक नेपालले ५१ स्वर्ण पदक हात पार्दै दोस्रो स्थानमा कब्जा जमाएको छ ।

सागलाई फर्केर हेर्दा : 

नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवको मंसिर १५ गते औपचारिक उद्घाटन भएको थियो ।

१३ औं साग को उद्घाटन : १५ हजार जनाको प्रस्तुति, यस्तो छ ‘सेड्युल’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन समारोहका बिच सुरु भएको थियो । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर सुरु भएको थियो ।

प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागीता जनाएका छन् । आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो ।

नेपालले तेस्रो पटक यो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो ।

नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।

list of SAG games upto now via google

अन्तिम दिनसम्म भारत १ सय ७१ स्वर्ण सहित पदक तालिकामा अगाडी छ । आयोजक नेपाल ५१ स्वर्ण पदक सहित दोस्रो स्थानमा छ ।

*सागमा नेपालको जित भएको महत्वपूर्ण समाचार लिंकहरु तल दिईएको छ । पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् ।

१३ औं साग : नेपाललाई कराँतेमा पहिलो स्वर्ण

१३ औं साग : ट्रायथोलनमा सोनीले जितिन् नेपालको लागि स्वर्ण

१३ औं साग : नेपालले जित्यो तेस्रो स्वर्ण

क्रिकेटमा नेपालको जितसँगै अन्जलीको विश्व कीर्तिमानी !

सीना मादेनले दिलाइन् तेक्वान्दोमा नेपाललाई स्वर्ण

कराँतेको पुरुष कुमुतेमा लक्ष्मणलाई स्वर्ण

नेपालको पोल्टामा ६ स्वर्ण, भुटान र माल्दिभ्सले खोल्न सकेनन् खाता

आयशा शाक्यको गोल्ड जित्ने सपना साकार

तेक्वान्दोमा नेपालकी पार्वतीले हात पारिन् स्वर्ण

१३ औं साग : नेपालको खातामा १० स्वर्ण (विवरणसहित)

कराँतेतर्फ नेपालकी अनुले पनि हात पारीन स्वर्ण

नेपाल १५ वटा स्वर्ण पदक जित्न सफल

सागमा नेपालको उत्कृष्ट प्रदर्शन, १५ स्वर्णसहित २४ पदक, माल्दिभ्स बन्यो पदकबिहीन

१३ औं साग : कराँतेमा नवीनले जिते स्वर्ण

भुटानविरुद्ध नेपालको शानदार जित, २-१ ले हराउँदै नेपालले चुम्यो स्वर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?