१३ औं साग: कराँतेमा नवीनले जिते स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण हात पारेको छ । नवीन रसाइलीले ६७ केजी तौल समूहमा प्रतिस्पर्धाकम नेपाललाई स्वर्ण दिलाउनुभएको हो ।

मंगलबार फाइनल राउण्ड भएको थियो । उक्त खेलमा रसाइलीले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराउदै जित हासिल गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?