तेक्वान्दोमा नेपालकी पार्वतीले हात पारिन् स्वर्ण

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छिन् ।

पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ ८.२५० अंक ल्याएर स्वर्ण जितेकी हुन् ।

त्यस्तै, श्रीलंकाकी रत्पातिपुराले ८.१४० अंक ल्याएर रजत पदकमा सीमित हुनुप-यो भने भारतकी हर्षा सिंहा ८.०३० अंक प्राप्त गरेर कास्यमा सीमित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?