१३ औं साग: नेपालको खातामा १० स्वर्ण (विवरणसहित)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म १० स्वर्ण हात पारेको छ । नेपालले कराँतेको काता बाट मात्रै ४ स्वर्ण जित्न सफल भएको छ ।

स्वर्ण पदक विजेताहरुको नामावली: 

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला) निर्मला तामाङ, संगीता मगर र सरु कार्की

कराते (टिम काता, पुरुष) कमल श्रेष्ठ

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से (१७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ

कराँतेको कुमुते – विप्लवमान श्रेष्ठ

त्यसैगरी भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य जितेको छ ।

यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?