१३ औं साग को उद्घाटन: १५ हजार जनाको प्रस्तुति, यस्तो छ ‘सेड्युल’

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज काठमाडौंको दशरथ रंगशालामा हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ ।

हेर्नुस सागको उद्घाटन तालिका :

प्रस्तावित तालिका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी साँझ ५ बजे दशरथ रंगशालामा आईपुग्ने कार्यक्रम रहेको छ ।
लगत्तै आयोजकको समारोह समितिले पुष्प गुच्छा सहित राष्ट्रपतिको स्वागत गर्नेछ ।

त्यसपछि राष्ट्रपतिलाई विशेष मञ्चमा लगेर राखिनेछ । र राष्ट्रिय धुन सहितको बाजा बजाईनेछ ।

राष्ट्रपतिको आसनसंगै मार्चपासको कार्यक्रम सुरु हुनेछ । सागमा सहभागी सातै देशका खेलाडी, रेफ्री र प्रशिक्षक मार्चपासमा सहभागी हुनेछन् ।
मार्चपासको समापनसंगै लेजर लाईटको प्रर्दशनी हुनेछ ।

प्रकाश प्रर्दशनीको समापनसंगै मन्तव्यको कार्यक्रम सुरु हुनेछ ।

सुरुमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राख्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले विशेष मन्तव्य राख्नेछन् ।

सागको मुल आयोजक समारोह समितिका संयोजक तथा युवा तथा खेलकुद मन्त्रीले सागको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् ।
त्यसपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्तव्य राख्नेछन् ।

लगत्तै राष्ट्रपतिबाट उद्घाटन सम्बोधन हुनेछ ।
सम्बोधनको क्रम सकिएसंगै सातै प्रदेशमा लगिएको टर्च लाईटको भिडियो देखाईनेछ ।

लगत्तै खेलाडीले टर्च लाईन समातेर दशरथ रंगशालाको परिक्रमा गर्नेछन् । कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले दिप प्रज्वलन गर्नेछन् ।
लगत्तै सागको झण्डा सहित मार्चपास र झण्डोत्तलनको कार्यक्रम राखिएको छ ।

त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खानेछन् ।
अनि पालो साग गितको हुनेछ ।

जसमा कुन्ती मोक्त्तान, आनन्द कार्की, सत्यराज आचार्य, ईन्दिरा जोशी र मिलन नेवारले स्वर दिनेछन् ।
त्यसपछि स्वागत नृत्य प्रर्दशन गरिनेछ ।

नृत्यपछि ब्याण्डले आफ्नो प्रस्तुती दिनेछन् ।
लगत्तै विभागीय टिमले आफ्नो प्रस्तुत दिनेछन् ।

अनि दशरथ रंगशलामा घन्किने छ, मन मगन । अर्थात दिपक बज्राचार्यको सांगेतिक समूहले मनमगन गितमार्फत दर्शकलाई मनोरञ्जन दिनेछ ।
अनि आतिसबाजी सहित सागको औपचारिक उद्घाट समारोह सकिनेछ ।

योसंगै उद्घाटन कार्यक्रम करिब ३ घण्टा हुनेछ ।

(सागको समारोह समितिले आवश्यकताका आधारमा प्रस्तुती थपघट गर्न सक्नेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?