१३ औं साग : ट्रायथोलनमा सोनीले जितिन् नेपालको लागि स्वर्ण

काठमाडौं । १३ औं साग अन्तर्गत ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण हात पारेकी छिन् । सोमबार पोखराको लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

पोखरामा भएको महिला ट्रायथोलनको पौडीमा तेस्रो भएकी सोनी साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् ।

रजत र कास्य पदक भने भारतले जितेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।
सोमबार नै भएको ट्रयाथोलन (पुरुष) मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले कास्य पदकमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?