सीना मादेनले दिलाइन् तेक्वान्दोमा नेपाललाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सीना मादेन लिम्बूले तेक्वान्दोतर्फ स्वर्ण पदक हात पारेकी छिन् । सीनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सीनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भए ।

उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?