सागमा नेपालको उत्कृष्ट प्रदर्शन, १५ स्वर्णसहित २४ पदक, माल्दिभ्स बन्यो पदकबिहीन

काठमाडौँ। दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक प्राप्त गरेको छ ।

यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ ।

यस्तै श्रीलंकाले ३ स्वर्ण, ३ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक प्राप्त गरेको छ ।

यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ ।

यता माल्दिभ्स भने हालसम्म पदकबिहीन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?