नेपालको पोल्टामा ६ स्वर्ण, भुटान र माल्दिभ्सले खोल्न सकेनन् खाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म ६ स्वर्ण हात पारेको छ ।

नेपालले कराँतेको काता बाट मात्रै ३ स्वर्ण जित्न सफल भएको छ । पुरुष समूह काता ,महिला समूह काता र पुरुष व्यक्तिगत काता तर्फ नेपालले स्वर्ण हात पारेको हो। तेक्वान्दोबाट कमल अधिकारी र सिना मादेन लिम्बुले स्वर्ण हात पारेका छन् ।

त्यस्तै ट्रायथलनको महिला तर्फपनि नेपालले स्वर्ण हात पारेको छ । ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण हात पारेकी छिन् ।

त्यसैगरी भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य जितेको छ ।

यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस : 

कराँतेको पुरुष कुमुतेमा लक्ष्मणलाई स्वर्ण

सीना मादेनले दिलाइन् तेक्वान्दोमा नेपाललाई स्वर्ण

कराँतेमा महिला टिमले हात पार्यो स्वर्ण

१३ औं साग : नेपालले जित्यो तेस्रो स्वर्ण

१३ औं साग : ट्रायथोलनमा सोनीले जितिन् नेपालको लागि स्वर्ण

१३ औं साग : नेपाललाई कराँतेमा पहिलो स्वर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?