भुटानविरुद्ध नेपालको शानदार जित, २ -१ ले हराउँदै नेपालले चुम्यो स्वर्ण

काठमाडौं – घरेलु मैदानमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालले सानदार जित हात पारेको छ । दशरथ रंगशालमा भएको नेपाल र भुटानबिचको खेलमा भुटानलाई २ – १ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको हो ।

खेलको १७ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै जितको खाता खोले । त्यसपछि नेपालसामू आक्रामक देखिएको भुटानले खेलको ३६ औं मिनेटमा बराबरी गोल फर्कायो । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यसैबिच दोस्रो हाफको ५२ औं मिनेटमा नेपाली फुटबलर सुनिल बलले गोल गर्दै भुटानसँगको गोल अन्तर बढाएका थिए ।
पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबिचको यो घम्साघम्सी निकै रोमाञ्चक थियो ।

घरेलु मैदानमा भएको यो खेलमा हजारौँ संख्यामा समर्थकहरु काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका थिए । खेलाडीको हौसलाको लागि उनीहरु हुटिङ गरिरहेका थिए ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

कस्तो थियो भुटानको विगत ?

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक भने आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्यो ।

सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेपछि भारतले पुरुष फुटबल खेलेन । नेपाल प्रतियोगितामा अपराजित छ ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो ।

भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १-० को अप्रत्यासित जित निकालेको थियो । दोस्रो खेलमा नेपालसँग पराजित भएपनि तेस्रोमा भने माल्दिभ्सलाई २-१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३-१ गोल अन्तरले हराएको थियो ।

दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।

दशरथ रंगशालमा जारी नेपाल र भुटानबिचको खेलको औं मिनेटमा नेपालका लागि ले गोल गरेसँगै नेपालको खातामा ३ गोल भएको हो । यो समाचार तयार पार्दासम्म भुटानले नेपालबिरुद्ध एक गोल मात्रै गरेको छ ।

नेपालका लागि अभिषेक रिजालले खेलको १७ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि आक्रामक देखिएको भुटानले खेलको ३६ औं मिनेटमा गोल बराबरी गोल फर्कायो । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरी फर्काएका थिए । यसैबिच दोस्रो हाफको ५२ औं मिनेटमा नेपाली फुटबलर सुनिल बलले गोल गर्दै भुटानसँगको गोल अन्तर बढाएका थिए ।
पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल भईरहेको छ ।

घरेलु मैदानमा भएको यो खेलमा हजारौँ संख्यामा समर्थकहरु नेपालको हुटिङ गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?