कराँतेको पुरुष कुमुतेमा लक्ष्मणलाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण हात पारेका छन् ।

लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरेका हुन् । उनले बंगलादेशी खेलाडीविरुद्ध १-० ले जित हात पारेका हुन् ।

सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?