कराँतेमा महिला टिमले हात पार्यो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ ।

सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलखेलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक हात पारेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।

नेपाली टिममा निर्मला तामाङ, संगीता मगर र सरु कार्की रहेकी छिन् ।

समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?