काठमाडौं । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयले बिरोध प्रदर्शन गरेका छन् ।
६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानियले बर्दिबासचोकमा प्रदर्शन गरिरहेका कारण सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले आज बुधवार बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेतापनि आक्रोशित स्थानीयले निषेधाज्ञा अबज्ञा गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
मङ्गलवार प्रहरीको गोली लागी घाइते भएका सञ्जय भनिने बर्दिबास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएपछि बर्दिबासबासी झनै आक्रोशित भएका छन् ।
स्थानीयले नाराबाजी गर्दै ६ वर्षिया बालिकाको हत्या आरोपित अरुण कुमार साहलाई कडा कारबाही, प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषणा, गोली चलाउने प्रहरी र गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेर सडकमा उत्रिएका हुन् ।
बर्दिबास सेवा समितिलेआयोजना गरेको सर्वपक्षिय बैठकबाट गरिएको यहि माग पूरा गराउनका लागि नेपाली कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको छ । सो वार्ता टोलिले सरकारसँग छलफल गर्ने र माग पूरा गराउनका लागि सडकबाट दबाब सृजना गर्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेपनी प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै प्रदर्शन गर्दै आएका छन् भने दर्जनौँ सवारी साधन समेत तोडफोड गरेका छन् । नाराबाजी गर्दै प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् ।
उनीहरुले प्रहरी दमन अन्त्य हुनुपर्ने माग समेत गरेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।
प्रहरीका अुनसार आइतवार साँझदेखि बेपत्ता ती बाललिकाको सोमवार राति घर नजिकै शव फेला परेको हो ।
उनको शव हत्या गरि बोरामा फालिएको अवस्थामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
ती बालिकाको हत्या हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेको र अदालतले धरौटीमा रिहा गरेको थियो ।
यो पनि पढ्नुहोस् :
महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !
महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !
खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध
बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त
फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !
थप तनावग्रस्त बन्दै बर्दिबास, हवाइ फायरपछि प्रहरीले चलायो गोली
प्रहरीले बल प्रयोग गरेर खुलायो महोत्तरी बर्दिवास सडकखण्ड
बर्दिबास बालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइते सञ्जयलाई काठमाडौं ल्याइँदै
बर्दिबास बालिका हत्या प्रकरण : डीएसपी बिष्ट घाइते
हत्या गरिएकी ६ वर्षिया बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमा
प्रहरीको गोली लागेका प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु
बर्दिबास बालिका बलात्कार पछि हत्या प्रकरण : घाइतेको मृत्यु भएपछि बर्दिबास फेरि आन्दोलित
बर्दिबास घटना : ५ जनाभन्दा बढी भेला हुन निषेध, बालिकाको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया