बर्दिबासमा हवाई फायर, स्थिती तनावग्रस्त

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् ।

सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपीको घरमा आगजनी गरेका छन् ।

ड्यूटीमा खटिएका एक प्रहरीका अनुसार स्थानीयले बालिकाको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । उनका अनुसार हाल त्यहाँ तीन/चार हजारको संख्यामा स्थानीयहरु विरोधमा उत्रिएसँगै उनीहरुको भीड नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ ।

आक्रोशमा रहेका स्थानीयहरुको भीड अनियन्त्रित भएसँगै प्रहरीले हवाई फायरिङ गरेको थियो ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ ।

घटना पश्चात् स्थानीय र प्रहरी प्रशासनबीच छलफल भएको तर कुनै निष्कर्ष ननिस्किएको उनले बताए ।

बिहान स्थानीय र प्रहरी प्रशासनबीच वार्ताको लागि छलफल भएको थियो । तर छलफल निष्कर्षविहिन बनेको छ ।” उनले भने, “भीड अनियन्त्रित भएपछि हवाई फायरिङको आवाज मैले सुने, अहिले करिब ३/४ हजारको संख्यामा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् भने भीड नियन्त्रणको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।”

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन् ।

उनको शव सोमवार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । मदिराको नसामा घर पुगेका साहले आफूले बालिकाको हत्या गरेको बताएसँगै उनलाई पक्राउ गरेको थियो ।

ती बालिका चकलेट किन्न गएको  र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

आरोपित यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको बुझिएको छ ।

यो पनि

महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !

खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?