महोत्तरीमा बालिका हत्या अपडेट : शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !

जनकपुर । महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा महोत्तरीमा तनाव भएको छ ।

आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने आरोपीको घरमा आगो लगाएका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमवार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दाबी गरेपछि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेकाले केही बताइसकेको छैन ।

यो पनि

महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?