खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्यापछि स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब आइतवार साँझदेखि हराएकी थिइन् । भने उनको शव सोमवार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साह आफूले बालिकाको हत्या गरेको बताएका थिए । उनले मदिराको नशामा आफ्ना परिवारका सदस्यहरुलाई बालिकाको हत्या गरेको बताएसँगै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपछि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेकाले केही बताइसकेको छैन ।

बालिकाको शव घर नजिकै बोरामा हालेर फालिएको अवस्थामा फेला परेसँगै त्यहाँ स्थानीयले आरोपित साहको घरमा आगलागी गरेका छन् । त्यस्तै आक्रोशित स्थानीयले महोत्तरी बर्दिबास सडक खण्ड अन्तर्गत पूर्वपश्चिम राजमार्ग समेत अवरोध गरेका छन् ।

 

यो पनि

महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?