काठमाडौं । महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या प्रकरणलाई लिएर थप तनाव बढेको छ ।
मंगलवार प्रदर्शनका क्रममा गोली लागेका स्थानीय सञ्जय भनिने बर्दिबास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएपछि बर्दिवासमा आन्दोलन थप चर्किएको हो ।
थप अप्रिय घटना नहोस भन्नका लागि प्रशासनले बुधवार (आज) बिहान ९ बजेदेखि भोली (बिहीवार) बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा नपाउने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार पूर्व पश्चिम राजमार्ग भने सुचारू रहनेछ ।
बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
मृतक बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । मंगलवार दिउँसो बालिकाको पोष्टमार्टमका लागि प्रादेशीक अस्पताल जनकपुर पठाइएको थियो । तर उनको हालसम्म पनि पोष्टमार्टम रिपोर्ट नआएको प्रहरीले जनाएको छ ।
मंगलवार दिउँसो आक्रोशित स्थानीयले दिनभर सडकमा बालिकाको शव राखेर प्रदर्शन गरेका थिए । भिड नियन्त्रणका लागि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
प्रहरीको गोलीबाट घाइते अन्य २ जना घाइते भएका छन् । घाइतेमध्ये श्याम कार्की र सञ्जय न्यौपानेलाई काठमाडौं ल्याइएको थियो । अर्का घाइते अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ । साथै प्रदर्शनका क्रममा जिल्ला प्रहरीक कार्यालयका डिएसपी प्रकाश विष्ट समेत घाइते भएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।
प्रहरीका अुनसार आइतवार साँझदेखि बेपत्ता ती बाललिकाको सोमवार राति घर नजिकै शव फेला परेको हो ।
उनको शव हत्या गरि बोरामा फालिएको अवस्थामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
ती बालिकाको हत्या हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेको र अदालतले धरौटीमा रिहा गरेको थियो ।
यस अघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
यो पनि पढ्नुहोस् :
महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !
महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !
खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध
बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त
फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !
थप तनावग्रस्त बन्दै बर्दिबास, हवाइ फायरपछि प्रहरीले चलायो गोली
प्रहरीले बल प्रयोग गरेर खुलायो महोत्तरी बर्दिवास सडकखण्ड
बर्दिबास बालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइते सञ्जयलाई काठमाडौं ल्याइँदै
बर्दिबास बालिका हत्या प्रकरण : डीएसपी बिष्ट घाइते
हत्या गरिएकी ६ वर्षिया बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमा
प्रहरीको गोली लागेका प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु
बर्दिबास बालिका बलात्कार पछि हत्या प्रकरण : घाइतेको मृत्यु भएपछि बर्दिबास फेरि आन्दोलित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया