काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेकाको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ ।
सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपितको घरमा आगजनी गरेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन् ।
उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । मदिराको नसामा घर पुगेका साहले आफूले बालिकाको हत्या गरेको बताएसँगै उनलाई पक्राउ गरेको थियो ।
ती बालिका चकलेट किन्न गएको र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
बालिकाको हत्या आरोपमा मंगलवार स्थानीयले बर्दिवासमा मंगलवार (आज) बिहानैदेखि प्रदर्शन गरेका थिए । बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । आरोपित यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको बुझिएको छ ।
यो पनि पढ्नुहोस् :
महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !
महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !
खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध
बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त
फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया