महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

काठमाडौं । महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अुनसार आइतवार साँझदेखि बेपत्ता ती बाललिकाको सोमवार राति घर नजिकै शव फेला परेको हो ।

उनको शव हत्या गरि बोरामा फालिएको अवस्थामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

ती बालिकाको हत्या हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बर्दिबासमा नै पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहले आफूले बालिकाको हत्या गरेको बताएका थिए ।

ती बालिका चकलेट किन्न गएको र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या आरोपमा मंगलवार स्थानीयले बर्दिवासमा मंगलवार (आज) बिहानैदेखि प्रदर्शन गरेका थिए । बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?