आइसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको कार्तिक १९ गते बसेको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति कार्तिक २० गतेदेखि लागू भएको कम्पनीले जनाएको छ ।

यसअघि श्रेष्ठ कम्पनीको कायममुकायम सीईओका रूपमा कार्यरत थिए । तत्कालीन सीईओ सुनिल पन्तको कार्यकाल असोज २४ गते सकिएपछि कम्पनीले असोज २५ गतेदेखि श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।

श्रेष्ठ यसअघि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए । उनी लामो समयदेखि आइसीएफसी फाइनान्समा आबद्ध रहँदै आएका छन् ।

श्रेष्ठको नेतृत्वमा कम्पनीले संस्थागत सुशासन, कर्जा लगानीको गुणस्तर, निक्षेप वृद्धि तथा डिजिटल सेवाको विस्तारलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?