प्रहरीले बल प्रयोग गरेर खुलायो महोत्तरी बर्दिबास सडकखण्ड

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयको प्रदर्शनका कारण अवरुद्ध राजमार्ग खुलेको छ ।

सोमवार राति बर्दिबास नगरपालिका वडा नं १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीया बालिका गुलाब साह खातुनको शव भेटिएको थियो ।

उनको शव बोरामा पोको पारेर फालिएको अवस्थामा भेटिएसँगै आक्राशित बनेका स्थानीयले महोत्तरी बर्दिबास सडकखण्डको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेसँगै आवात जावत रोकिएको थियो । करिव सवा १ बजेबाट प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको हो ।

ठुलो संख्यामा आएका स्थानीयको भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ । त्यस्तै प्रहरीले चलाएको गोली लागेर विरोध प्रदर्शनमा आएका संजय न्यौपाने घाइते भएका छन् । प्रहरीका अनुसार उनको दायाँ तिघ्रामा गोली लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

६ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले पसल सञ्चालन गर्दै आएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । साह स्वयमले नै आफूले बालिकाको हत्या गरेको स्वीकारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

आक्रोशित स्थानीयले साहको घरमा तोडफोड गर्नुकासाथै आगजनी समेत गरेको प्रहरीले जनाएको छ ।

साह यसअघि पनि हत्या आरोपमा पक्राउ परी अदालतलको आदेशपछि धरौटीमा छुटेको बुझिएको छ ।

यो पनि पढ्नुहोस् : 

महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

महोत्तरीमा बालिका हत्या अपडेट : शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !

खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध

बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त

फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?