बर्दिबास बालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइते सञ्जयलाई काठमाडौं ल्याइँदै

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेलाई काठमाडौं ल्याउने तयारी थालिएको छ ।

घाइते न्यौपानेलाई गोली लागेपछि बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचारका लागि लगिएको थियो । साथै लाठी चार्जका क्रममा श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भईरहेको छ ।

बिहानैदेखि बन्द भएको पूर्व-पश्चिम रामार्ग अन्तर्गत बर्दिबास-ढल्केबर सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ ।

सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपितको घरमा आगजनी गरेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतवार साँझदेखि हराएकी थिइन् ।

उनको शव सोमवार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
ती बालिकाको हत्याको आरोपमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । मदिराको नसामा घर पुगेका साहले आफूले बालिकाको हत्या गरेको बताएसँगै उनलाई पक्राउ गरेको थियो ।

ती बालिका चकलेट किन्न गएको र साहले उनको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

बालिकाको हत्या आरोपमा मंगलवार स्थानीयले बर्दिवासमा मंगलबार (आज) बिहानैदेखि प्रदर्शन गरेका थिए । बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई पक्राउ गरि हत्या सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

आरोपित यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको बुझिएको छ ।

यो पनि पढ्नुहोस् : 

महोत्तरीमा ६ वर्षीया बालिकाको शंकास्पद हत्या, चकलेट किन्न गएकी थिइन् !

महोत्तरीमा बालिका हत्या अपडेट स् शव सडकमा राखेर प्रदर्शन, आरोपितको घरमा आगो !

खातुनको बलात्कारपछि हत्याको आशंका, आरोपितले घरमा गएर स्वीकारेका थिए अपराध

बर्दिवासमा हवाई फायर, स्थिती तनावग्रस्त

फोटोमा हेर्नुहोस् तनावग्रस्त बर्दिवास, आरोपिको घरमा आगो !

थप तनावग्रस्त बन्दै बर्दिबास, हवाइ फायरपछि प्रहरीले चलायो गोली

प्रहरीले बल प्रयोग गरेर खुलायो महोत्तरी बर्दिवास सडकखण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?