काठमाडौं – चितवनमा र्यापिड डाईग्नोस्टिग टेष्ट (आरडीटी) बाट जाँच गरिएका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । सरकारले कोरोना संक्रमण भए नभएको जाँच्नका लागि पिसिआर र र्यापिड डाईग्नोस्टिग टेष्ट दुईवटा प्रविधीमार्फत् परिक्षण गरीरहेको छ ।
हालसम्म १५ हजार ८ सय परिक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाईग्नोस्टिग टेष्ट प्रविधीबाट जाँच गरिएका जाँचमा पोजेटिभ देखिएको संक्रमित देखिएका नमूना फेरि जाँच गर्दा केन्द्रिय प्रयोगशाला पठाउँने र त्यहाँबाट आएको अन्तिम नतिजाबाट मात्रै कोरोना भए नभएको पुष्टि हुने बताएको छ ।
आज पत्रकार सम्मेलनमा पनि मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना जाँच्ने किटबाट संक्रमण भए नभएकोबारे जाँच्दा केहि नमूना पोजेटिभ पाइएको तर तिनलाई थप पीसीआरबाट परीक्षण गरिसकेपछि नतिजा प्रकाशित गरिने जानकारी दिएका थिए ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना (पहिलो संक्रमित) उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने बाँकी १५ जनाको चिकित्सकको विशेष निगरानीमा विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
हालसम्म पिसिआर र र्यापिड डाईग्नोस्टिग टेष्टबाट १५ हजार ८ सय परिक्षण भएको छ । जसमध्ये पिसिआरबाट ६८७१ जनाको परिक्षण भएको छ भने र्यापिड डाईग्नोस्टिग टेष्टबाट ८९२९ जनाको टेष्ट भएको छ । गत २४ घण्टामा २ हजार ८ सय ९४ जनाको जाँच गरिएको छ । हालसम्म १४ जिल्लाबाहेक सबै स्थानमा र्यापिड डाईग्नोस्टिग टेष्ट सुरु गरिएको छ ।
हालसम्म ५ हजार ६ सय १४ जना क्वारेन्टाईनमा छन् । हालसम्म १ सय १७ जना आईसोलेसनमा छन् । आईसोलेसनमा भएकामध्ये काठमाडौंमा ११ जना र काठमाडौंबाहिर १ सय ६ जना रहेका छन् ।
हालसम्म स्वमूल्यांकनको लागि १७ हजार ६ सय ३० जनाले वेवसाईटमा विवरण राखेकोमा गत २४ घण्टामा १ हजार १ सय ८२ जनाको विवरण हेरी १३ जनालाई रेड जोनमा राखिएको छ । हालसम्म मानिसहरुले टिपाएको विवरणका आधारमा ११८२ जना रेड जोनमा परेका छन् ।
यसअघि लोकपथमा प्रकाशित समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोना लागेर मृत्यु भएकाको शव कसरी व्यवस्थापन गरिन्छ ?
दर्दनाक अन्तरकथा : बरफ जमाइएको ट्रकहरूमा राखियो कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव
कोरोनाबाट बच्न यी ८ कुराहरुको ध्यान दिनुहोस् !
कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले बताएका महत्वपूर्ण कुराहरु :
१. कोरोना भाइरसबाट बच्नको लागि ‘हाइजीन’ बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।
२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।
३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।
४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।
५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।
६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।
७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।
८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।
कोरोना भाइरसबाट कसरी बच्ने ?
जोखिम न्यूनीकरण
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
यदी तपाई विदेशबाट आउनुभएको छ भने अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुहोस् । यदि कसैलाई कोरोनाका लक्षण देखिएको छ भने तुरुन्त तोकिएको अस्पतालमा उपचारका लागि जानुहोस् । सरकारले लकडाउन गरेको २३ दिन बितेको छ । संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ । त्यसैले सजग बनौँ ।
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया