के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?

काठमाडौं । कोरोना भाइरसको प्रकोप तीव्र गतिमा बढी नै रहेको छ । मानिसहरुले कोरोना भाइरसलाई लिएर बिभिन्न सवालहरु खडा गरेका छन् ।

सबै जना मानिसहरु कोरोना भाइरस कपडामा कति समय सक्रिय रहन्छ ? निर्जीव वस्तु छुँदा कोरोना भाइरस फैलिन्छ कि, फैलिदैन भन्ने प्रश्नहरु गर्न थालेका छन् ।

वास्तविकता र सत्य के हो त ? आउनुहोस् यस बारेमा जानीराखौँ ।

कोरोना भाइरस कपडामा कति समयसम्म सक्रिय रहन्छ ? के निर्जीव वस्तु छुँदा कोरोना फैलिन्छ ?

मेडिकल कन्ट्रीब्युटर डा.निकोल स्याफियरले एक अध्ययनका अनुसार कुनै पनि कार्डबोर्डमा यो भाइरस २४ घण्टासम्म सक्रिय रहने बताएका छन् ।

त्यस्तै कपडा जस्तो नरम सतहमा कोरोना भाइरस अत्याधिक लामो समयसम्म सक्रिय रहन्छ ।

उनले भने, ‘हामीसँग वास्तवमा निर्जीव वस्तुहरु छोएर संक्रमित भएको कुनै डेटा छैन, तर हामी सबैलाई आफ्नो स्वास्थ्य सुरक्षामा लागि पर्न तत्पर लाग्नुपर्नेमा अनुरोध गर्दछौँ ।’

कोरोना भाइरस कागजहरुमा २४ घण्टासम्म अर्थात १ दिनसम्म जीवित रहन्छ भने प्लाष्टिकमा ३ तथा स्टीलमा २ दिनसम्म सक्रिय रहन्छ । साथै तामामा भने जम्मा ४ घण्टासम्म भाइरस जीवित रहन्छ ।

कोरोना भाइरसको प्रकोप अत्याधिक फैलिरहेको छ । डा.निकोल भन्छन्, यस बेलामा जब म घर फर्किन्छु, तब आफूले लगाएको कपडा चेन्ज गरेर धुन्छु, आफू नुहाउँछु र मात्र घरभित्र पस्छु । त्यसैले तपाई पनि कतै बाहिर जानु भएको छ भने कोरोना भाइरसको प्रकोपबाट बच्न यो तरिका अपनाउनु होला

मलाई थाहा छ कि, यस्तो काम धेरै पटक गर्न सहज त पक्कै छैन, तर आफूलाई जीवित राख्न पनि यो काम गर्नै पर्दछ ।

सावधानी अपनाउँदै यसरी सबै आ-आफ्नो क्षेत्रबाट लागि पर्ने हो भने कोरोनालाई हराउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?