संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

काठमाडौं । विश्वलाई भयवित बनाएको कोरोना भाइरस ‘कोभिड-१९’ को कारण नडराउने को होला ?

सजिलो जवाफ, कोहि पनि छैन । तर कोरोनाबाट बच्न विश्वका अधिकांश मुलुक रणनीतिक रुपमा अघि बढीरहँदा मिसाईल प्रक्षेपण गर्ने उत्तर कोरियाको हर्कत होस् वा भारतसँग सीमामा लडिरहेको पाकिस्तानको खबरले धेरै मानिस आश्चर्यचकित हुने गर्दछन् ।

आखिर के का लागि ?

हो, संसारको कुनै पनि खबरले बिचलित नभई शस्त्रास्त्रबीच आफूलाई समाहित गरेको तालिवानको पछिल्लो खबरले तपाई पक्कै आश्चर्यमा पर्नुहुनेछ ।

जुन आतंककारी समूहले अमेरिकालाई पनि चेतावनी दिँदै संसारमा त्रास फैलाउँदै आएको थियो त्यहि आतंककारी समूह तालिवान कोरोनासँग डराएको छ ।

आतंककारी संगठन तालिवान कोरोनासँग सतर्क भएको छ । उसले आफ्नो प्रभाव रहेको ईलाकाहरुमा जागरुकताको अभियान शुरु गरेको हो ।

उक्त क्षेत्रमा तालिवानले मानिसहरुलाई मास्क बाँड्दै हात धुने र नमाज पढ्नको लागि बताईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार केहि प्रत्यक्षदर्शीहरुले तालिवानको क्याम्पमा कोरोना भाइरससँग लड्न विभिन्न तरिकाहरु अपनाउँदै आफ्नो क्षेत्रका आम मानिसहरुमा सतर्कता जगाउँदै मास्कहरु बाँडिरहेको देखेको बताएका छन् ।

यो दृश्य पछि देश तथा आतंककारीहरुदेखि नडराएको तालिवान कोरोनासँग डराएको भन्दै मानिसहरुले टिप्पणी गर्न थालेका छन् । कोरोनासँग लड्नको लागि बच्ने थप रणानीति बनाउँदै गरेको प्रत्यक्षदर्शी ५५ वर्षीय खैरुल्लाले बताएका छन् ।

उनलाई तालिवानले नमाजको लागि बोलाएको पनि उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग बताएका छन् ।

तालिवानले सबै युद्ध छोडेर अहिले कोरोनाविरुद्धको लडाईमा जुटेपछि अफगानिस्तान सरकारले सोसल मिडियामा तालिवानले कोरोनाविरुद्धको युद्ध थालेको फोटो सोसल मिडियामा देखेको बताएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

डरायो साउदी अरब : भन्यो, हाम्रो देशमा दुई लाख भन्दा धेरै संक्रमित बन्न सक्छन्

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?