काठमाडौं । नेपालमा हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परिक्षण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरेको नियमित पत्रकार सम्मेलनमार्फत गत २४ घण्टामा ८ सय ९७ जनाको नमूना परिक्षण थप भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाडौंको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३ हजार ३ सय ९२ र गत २४ घण्टामा ६ सय ९ जनाको परिक्षण काठमाडौं उपत्यका बाहिर ७ सय ४२ वटा र गत २४ घण्टामा २ सय ८८ वटा नमूना परिक्षण गरिएको छ । योसँगै नमूना परिक्षण प्रतिदिन ८ सय भन्दा बढीको दरले भइरहेको छ । डाक्टर देवकोटाले थपे, “नमूना संकलन संख्या पनि बढेको छ । त्यसैअनुसार परिक्षणको दायरा पनि बढेको छ ।”
डाक्टर देवकोटाले हालसम्म ८ हजार ८२ जना नेपाली क्वारेन्टाईनमा रहेको जानकारी दिए । नेपालभरका स्थानीय तहका प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेका क्वारेन्टाईनमा उनीहरुलाई राखिएको छ । यस्तै आईसोलेसनमा ८२ जना काठमाडौंमा १५ जना र काठमाडौं उपत्यकाबाहिर ६७ जना रहेका छन् । आरडिटी अर्थात् र्यापिड डाईग्नोस्टीभ टेस्टको परिक्षण सुरु गरिएको छ । समुदायमा संक्रमण छ कि छैन भनेर हेर्न यो निकै उपयोगी हुने र परिक्षणबाट पत्ता लाग्छ ।
“हरेक प्रदेशका जिल्लामा पुगिसकेको छ । हिजैबाट सुरु भएको छ । आज पनि जारी छ । सुदूरपश्चिममका हरेक जिल्लाहरुमा यो किट प्रयोग र परिक्षण हुने क्रम जारी छ । मन्त्रालयको कल सेन्टर ११३३ र १११५ निशुल्क कल सेन्टरमा गत २४ घण्टामा ३ हजार ४० जनाले सेवा लिएका छन् । डकटर देवकोटा भन्छन्, उहाँहरुको जिज्ञाशाको सम्बोधन भएको छ । मोबाईल एप र मन्त्रालयको वेभपेजमा गत २४ घण्टामा ६ सय ६६ जनाले आफ्नो डाटा ईन्टि भएकोमा १४ हजार १ सय १६ जनाको लक्षण इन्ट्री भएको छ ।” उनले भने ।
गत २४ घण्टामा रेड जोनमा पर्नेको संख्या ५ छ । हालसम्म जम्मा १ सय ८९ जना रेड जोनमा परेका छन्। महाशाखाले उनीहरुको ट्रेसिङ गर्ने काम गरिरहेको छ । क्वारेन्टाईनमा बसेकाहरुसँग सिधा सम्पर्क गर्ने माध्यम नै कल सेन्टर र वेब पेज भएकोले यसको प्रयोग गर्न आग्रह गर्दै उनले थपे, “स्वास्थ्य जानकारी र दोहोरो संवादमार्फत कुराकानी हुनेभएकोले यहाँ सम्पर्क गर्नुहोला ।”
काठमाडौंमा राष्टिय जनस्वास्थ्य प्रयोगशाला बाहेक वीर अस्पतालबाट पनि सेवा सुरु भएको छ । भोलिबाट टेकु अस्पतालमा पनि परिक्षण सुरु हुनेछ ।
यससँगै दुई ठाउँमा अब नमूना परिक्षण हुनेछ । त्यसैगरी दार्चुलामा स्वाब नमूना संकलन भइहरेको अवस्था छ । क्वारेन्टाईनमा बसेका व्यक्ति सबैको र्यापिड डाईग्नोस्टिक किटबाट नमूना परिक्षण गरिनेछ । अबको केहि दिनमा सम्पन्न गर्ने योजना रहेको उनले बताए । काठमाडौं उपत्यकाबाहिर मेशिन जडान भइरहेकोले नमूना परिक्षणको दायरा बढाइने पनि जानकारी दिएका छन् । हाल सम्म संक्रमितको संख्या ८ नै रहेको छ । हाल ८ जना संक्रमितको उपचार भइरहेको छ। जसमा चार जना धनगढीमा, दुई जना बागलुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। अन्त्यमा डाक्टर देवकोटाले विश्वभर माहारीको रुपमा फैलिएको यो संक्रमण रोकथामका लागि लकडाउन नै निर्विकल्प भएकोले सतर्क रहन आग्रह गरेका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
नेपालका ८ जना कोरोना संक्रमितको स्वास्थ्य स्थिती सामान्य : स्वास्थ्य मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया