कांग्रेसले बोलायो विशेष बैठक, सरकारलाई ध्यानाकर्षण गराउने

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न विशेष बैठक बोलाएको छ ।

बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा पार्टी सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू मात्रै सहभागी हुनेछन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउन बैठक बोलाइएको हो ।

बैठकपछि सभापति गगन थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्नेछन् । त्यस कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?