नेपालका ८ जना कोरोना संक्रमितको स्वास्थ्य स्थिती सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमित भएका ८ जना उपचाररत संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज गरिएको नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म एक सय जना नेपाली आईसोलेसनमा राखिएको र ९ हजार २ सय २८ जना क्वारेन्टाईनरमा रहेको जानकारी दिँदै यसअघि पटकपटक गरी पुष्टि भएका ८ जना संक्रमितको अवस्था सामान्य रहेको बताईएको हो ।

काठमाडौंभित्र १६ जना र काठमाडौंबाहिर ८४ वटा केसहरु गरी देशभर कुल १०० जना आईसोलेसनमा राखिएको छ । विश्व स्वास्थय संगठनको मापदण्ड अनुसार विदेशबाट आएका संक्रमितको कन्ट्याक ट्रसिङको काम ९० प्रतिशत सकिएको पनि जानकारी दिईएको छ । मन्त्रालयको २ वटा कल सेन्टर १११५ र ११३३ मा ३ हजार ५ सय ५ वटा प्रश्न सम्बोधन गरिएको छ ।

त्यस्तै आज दिएको जानकारी अनुसार कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा नमुना संकलन गरीएको छ । जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन भइरहेको छ । ४ सय ५० भनदा बढी स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ । हरेक जिल्लाको ४ ४ वटा ठाउँमा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुबाट यो नमुना संकलन भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ९ जनालाई कोरोना संक्रमण भएकोमा एक जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी ८ जनाको विशेष निगरानीमा उपचार भइरहेको छ ।

प्रवक्ता डाक्टर देवकोटाले दिएको जानकारी अनुसार हालसम्म मन्त्रालयको वेवसाईटमा गत २४ घण्टामा एक हजार ८ सय ५१ वटा डाटा ईन्ट्री भएको र हालसम्म ११ हजार २ सय ३९ जनालो हालसम्म ईन्ट्री गराएको हुनाले उनीहरुको लक्षणको आधारमा गत २४ घण्टामा १७ जना रेड जोनमा परेका छन् भने कुल १ सय ७२ जना रेड जोनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?