आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

लोकपथ
611
Shares

१. पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय ६८ जनाको मृत्यु, ९ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिए ।

२. गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बने, प्रदेशसभामा ठूलो दलको हैसियतमा गुरुङ मुख्यमन्त्री नियुक्त ।

३. कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरे,मन्त्रीमा तीनजना नयाँ ।

४. सांसदबाट राजीनामा दिएर भएपनि ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नु पर्ने एमाले नेता भीम रावलको भनाई,पार्टी हितका लागि ओलीलाई पदमुक्त गर्न आवश्यक ।

५. नयाँ सरकार गठनमा निर्णायक भनिएका जसपाका अध्यक्ष ठाकुर र नेता महतोको दौडधुप, आजै पुगे बालुवाटारलेखि शितल निवाससम्म ।

६. माधव नेपाल र झलनाथ खनाललाई गाली गरेर एमाले विभाजन गर्न खोजिएको नेता घनश्याम भुषालको आरोप, चुनावका नाममा फेरि प्रतिनिधि सभा बिघठन गर्न खोजेको भनाई ।

. नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो, काठमाडौं उपत्यकामा मात्रै ३९ हजार ४ सय भन्दा बढी ।

८. अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी, नेपालमा कोरोना संक्रमणको अत्यन्तै जोखिम रहेको अमेरिकी ठहर ।

९. स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सुझाव,उपचारलेमात्रै कोरोना नियन्त्रणमा नआउने ।

१०. जसपाका नेता डाक्टर बाबुराम भट्टराइद्वारा नयाँ ब्यक्तिको नेतृत्वमा सर्वदलीय सरकारको प्रस्ताव,पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउन सुझाव ।

११. निर्वाचन आयोगद्वारा जेठ ६ मा हुने राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान,गृहमन्त्री थापालाई सूर्य र विपक्षी गठबन्धनका उम्मेदवार डाक्टर देवकोटालाई कलम ।

१२. कारोबारमा उतार चढावकाबीच बुधबार सेयर बजारमा हरियाली,शेयरबजार परिसूचक नेप्से सून्य दशमलव ५६ अंकले बढ्यो ।

१३. बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो झर्यो,छापावाल सुन प्रतितोला ९२ हजार रुयैयाँमा कारोबार ।

१४. देशमा चीनले ऋणको जालो फिजाएको भन्दै नाइजेरियाली विज्ञद्वारा सरकारको ध्यानाकर्षण,चीनले नाइजेरियालाई आर्थिक दासको रुपमा हेर्ने गरेको टिप्पणी

१५. स्पेनिश ला–लिगा फुटबलमा आज राति एथ्लेटिको म्याड्रिड र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुँदै, शीर्ष स्थानमा रहेको एथ्लेटिको खेल जित्नै पर्ने दवाबमा ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?