कारोबारमा उतार चढावकाबीच बुधवार शेयर बजारमा हरियाली

लोकपथ
117
Shares

काठमाडौं । कारोबारमा उतारचढावका बीच बुधवार शेयर बजार बन्द हुँदा हरियो देखिएको छ ।

बुधवार शेयर बजार परिसूचक नेप्से ० दशमलव ५६ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ८ अंकमा पुगेको छ । बुधवारको कारोबारमा १ करोड ४ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँमा कारोबार भएको छ ।

बुधवार १ सय ६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबार रकमका हिसावले नेपाल पुनर्बीमा कम्पनी, एचआइडीसीएल, अपि हाइड्रोपावर अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?