भीम रावल भन्छन्- ‘ओलीलाई रोक्न हामी सांसद पदबाट राजीनामा दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफूहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य रोक्नका लागि राजीनामा दिनु आवश्यक रहेको बताए ।

उनले भने- ‘साधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।’

आफूहरुले राजीनामा दिएमा नैतिकता र कानूनी दृष्टिकोणले समेत उचित हुने बताएका छन् ।

उनले भनेका छन्- ‘यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?