ओलीसँगको लडाईंमा आत्मसमर्पण गरेर क्रान्तिप्रति गद्दारी गरिन्न : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीसँगको लडाईंमा आत्मसमपर्ण गरेर क्रान्तिप्रति गद्दारी नगर्ने बताएका छन् ।

नेता भुसालले बुधवार सामाजिक सञ्जाल फेसबुकमा हिजोका दिनमा प्रचण्डलाई गाली गरेर ओलीले पाप ढाक्ने प्रयास गरेको भन्दै आज झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजन गर्न लागेको आरोप समेत लगाएका छन् ।

‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, भुसालले भनेका छन्, आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

त्यस्तै उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?