नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । हाल नेपालमा १ लाख १ हजार ६ सय ३४ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ७ हजार २ सय ९१ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन् भनेम ९४ हजार ३ सय ४३ जना होम आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेनमा परिक्षण गरिएको थियो ।

जसमध्ये ९ हजार २ सय ३८ जनाको पीसीआर र ६२ जनाको एन्टिजेन पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ हजार २ सय ५०, भक्तपुरमा २ सय २६ र ललितपुरमा ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कुल संक्रमितमध्ये ७४ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा १ हजार २ सय ४१ जना आइसीयू र २ सय ४८ जना भेन्टिलेटरमा रहेका छन् ।

यसअघि मंगलवार नेपालमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २२५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?