नाइजेरियामा चिनियाँ ऋणको जालो, विज्ञहरुद्वारा सरकारको ध्यानाकर्षण

लोकपथ संवाददाता
494
Shares
Chinese President, Xi Jinping attends a signing ceremony with President of the Federal Republic of Nigeria, Muhammadu Buhari (not pictured) at the Great Hall of the People in Beijing, April 12, 2016. REUTERS/Kenzaburo Fukuhara/Pool – GF10000379894

अबुजा । नाइजेरियामा चीनले ऋण जालो फिजाएको भन्दै विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञहरुले नाइजेरियालाई चीनले आर्थिक दासको रुपमा लिएका कारण आगामी दिनमा ठूलो समस्या निम्तिन सक्ने भन्दै चिनियाँ ऋणको थप भार बहन नगर्नसमेत सरकारलाई सचेत गराएका छन् ।

ट्रान्सफर्मिंग अप्लिफ्टिंग एन्ड रिफर्मिंग नाइजेरिया (टीयूआरएन), एक गैर सरकारी संस्थाका विज्ञ तथा सदस्यहरुले चीनबाट आइरहेको ठूलो ऋणको भार नाइजेरियाले बहन गर्न नसक्ने भन्दै सरकारलाई कडारुपमा सचेत गराएका हुन् । यस्तो किसिमको ऋणले मुलुकको हित गर्न नसक्नेसमेत बताएका छन् ।

टर्नका प्रमुख डा। एजी अहमेदले सरकारले अहिले लिएको ऋणले मुलुकको भविष्यलाई धितोमा राख्न नहुने र आगामी पुस्तालाई यस ऋणको भार बोकाउन नहुने चेतावनी दिएका छन् । उनले सरकारले चीनबाट लिएको ऋणको जोखिम र यसका फाइदाबारे पूर्ण समीक्षा गरेपछि मात्र ऋण लिनपर्ने उनले बताएका छन् ।

मुलुकका लागि वास्तविक फाइदा हुने कुरामा मात्रै सरकारले ऋण लिनुपर्ने उनले बताएका छन् । नाइजेरियाको बाह्य ऋण ३१.९८ बिलियन अमेरिकी डलर रहेको छ । नाइजेरियाले अन्य विभिन्न मुलुकहरुबाट ऋण लिएको भए पनि चीनबाट लिएको ऋणको खतरा बढी हुने विज्ञहरुले बताएका हुन् ।

चीनबाट लिइएको ऋण करिब ३।३ बिलियन अमेरिकी डलर रहेको छ । यो ऋण ठूलो भएका कारण भोलिका दिनमा मुलुकलाई पनि ठूलो क्षति पुग्ने बताइएको छ ।

टर्नका अध्यक्ष अहमेदले भने, ूचिनियाँ ऋणले मुलुकलाई सहयोग गर्नुभन्दा पनि मुलुकको स्वाभिमानमाथि प्रहार गर्ने र भोलिका दिनमा नाइजेरिनहरुलाई चोट पुर्याउने छ । यो कुरा हामीले अन्य मुलुकमा चिनियाँ ऋणले निम्त्याएको समस्याबाट पनि हामीले बुझ्न सक्छौं ।ू

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?