सरकार गठनमा निर्णायक महन्थ र राजेन्द्रको दौडथुप : आजै पुगे बालुवाटारदेखि शीतल निवाससम्म

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति निवास पुगेका छन् ।

केहिबेर अघि ठाकुर र महतो राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका हुन् ।

ओली नेतृत्वको सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । नयाँ सरकार गठनका लागि निर्णायक मानिएका जसपाको ठाकुर र महतो पक्ष भने गठबन्धन सरकार गठन नभइ पुनः ओली नेतृत्वको अल्पमतको सरकार चाहिरहेका छन् ।

यसअघि आज नै नेताहरु ठाकुर र महतो प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । यसैक्रममा ठाकुर र महतो राष्ट्रपति निवास पुग्नुलाई अर्थपूर्ण हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?