राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गरौँ : बाबुराम भट्टराई

लोकपथ
32.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट समाधान गर्न सबै दलको सहभागितामा संविधानको धारा ७६(२) बमोजिमको वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।
बुधबार बिहान ट्वीट गर्दै भट्टराईले राष्ट्रिय सरकार निर्माणमा जोड दिएका हुन् । उनले सबै दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति, कोभिड नियन्त्रण, संविधान संशोधन, आर्थिक राहत लगायतका साझा न्यूनतम कार्यक्रम बनाउनुपर्ने पनि बताए ।

एक वर्षभित्र चुनाव गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?