गण्डकीका मुख्यमन्त्री गुरुङले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधवार (आज) मुख्यमन्त्री गुरुङलाई सपथ गराएकी हुन् ।

पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गुरुङले वैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी थिइन् । तर अन्य दलले बहुमत पुर्याउन नसकेपछि पुनः गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरिएको हो ।

यो पनि

गण्डकीमा नाटकीय राजनीति : गुरुङ यसरी भए फेरि मुख्यमन्त्री

गण्डकीमा राजनीतिक रमिता : दलको नेताबाट हटाउने कुरालाई वैधानिकता नदिनु भन्दै थापाले लेखे पत्र

स्पष्टीकरण दिन अटेर गरेपछि जनमोर्चाले थापालाई हटायो दलको नेताबाट

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तीको माग गर्दै ४ दलले बुझाए पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?