निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान : थापालाई सूर्य, देवकोटालाई कलम

लोकपथ
2.1k
Shares

काठमाडौं । बागमती प्रदेश निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधवार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रिय सभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको रिक्त रहेको सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ ।

निर्वाचनका लागि एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।

देवकोटालाई स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव चिन्ह प्रदान गरिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेकै माधव नेपाल समूहको सहयोग रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?