सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३ सय रहेको थियो । आज छापावाला सुनको मूल्य तोलामा ३ सय गिरावट आई प्रतितोला सुन ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

महासंघका अनुसार बुधवार चाँदीको मूल्यमा स्थिरता छाएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य १३ सय ४५ रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?