२८ जेष्ठ २०८०, आईतवार

अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना यी हुन्

२०७७,माघ,२४,शनिवार १४:३३

0
Shares

एजेन्सी । विमान दुर्घटना भन्नेबित्तिकै सबैको मस्तिष्कले एउटा ईमेज तयार गर्छ । क्षतविक्षत विमानका टुक्रा र यात्रुहरुको दुखद निधन । ति कहालिलाग्दा विमान दुर्घटना कहाँ कहाँ कहिले भए त ? हेर्नुहोस् केही जानकारी यहाँ प्रस्तुत गरेका छौँ ।

आजसम्मकै सबैभन्दा डरलाग्दा विमान दुर्घटनाको बारेमा सायदैलाई मात्र थाहा होला । अहिले सम्मकै १० भयानक विमान दुर्घटना कहिले र कहाँ भएका थिए त ? जानिराखौँ ।

१. स्पेन

२७ मार्च सन् १९७७ मा संसारमा भएका विमान दुर्घटना मध्ये अहिलेसम्मकै भयानक विमान दुर्घटना भएको थियो । जसमा ५८३ जना मानिसहरुको ज्यान गएको थियो । यो घटना स्पेनको द्वीप टेनेरिफको हवाई अड्डामा दुई विमान रनवे गर्दैगर्दा एकआपसमा ठोकिएर भएको थियो ।

२.जापान

१२ अगस्ट सन् १९८५ मा जापानको राजधानी टाकीयोबाट ककरिब सय मिटर दुरी टाढा जापान एयरलाईन्सको एक विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा परेर ५ सय २० जनाले ज्यान गुमाएका थिए ।

३.भारत

१२ नोभेम्वर सन् १९९६मा भारतको हरियाणामा साउदी अरब र काजीकिस्तानका दुई विमान एक आपसमा आकाशमा उडिरहेको बेला ठोक्किएर दुर्घटना भएको थियो । जसमा ३ सय ४९ जना मानिसको ज्यान गएको थियो ।

४. पेरिस

३ मार्च सन् १९७४ मा पेरिसमा एक जैगल नजिकै टर्किश एयरलाइन्सको एक विमान दुर्घटनाग्रस्त भएको थियो । यसमा यात्रा गरिरहेका चलक दलसहित ३ सय ४६ यात्रुले ज्यान गुमाएका थिए ।

५. एयर इन्डिया विमान दुर्घटना

२३ जुन सन् १९८५ मा एयर इन्डियाको एक विमान आयरल्याण्ड जाँदै गर्दा आकाशमै दुर्घटना भएको थियो । जसमा सवार ३२९ जनाले ज्यान गुमाएका थिए । उक्त विमान अलगाववादी संगठन बब्बर खालसाले आक्रमण गरेर दुर्घटना गराएको थियो ।

६.साउदी अरब

१९ अगस्ट सन् १९८० मा साउदी अरबको राजधानी रियादबाट सउदिया एयरलाइन्सको विमान १६३ ले उडान भरेको थियो । उडान भरेको केहि समयपछि विमानमा आगो लाग्यो । यो विमान दुर्घटनामा ३ सय १ जनाले ज्यान गुमाएका थिए ।

७. युक्रेन

१७ जुलाई सन् २०१४ मा युक्रेनको दोनोत्सक क्षेत्रमा मलेशिया एयरलाइन्सको विमानलाई आक्रमण गरेर दुर्घटना गराइएको थियो । विमान एम्सटरडमबाट क्वालालम्पुर जाँदै गरेको थियो । उक्त दुर्घटनामा २ सय ८३ जना मरेका थिए ।

८.हरमुज जलमडमरुमध्य

३ जुलाई सन् १९८८ मा हरमुज जलमडमरुमध्यमा ईरान एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानलाई अमेरिकी नौसेनाले आक्रमण गरेको थियो । उक्त विमान दुर्घटनामा २ सय ९० जनाले ज्यान गुमाएका थिए । अमेरिकाका अनुसार नौसेनाले गल्तीले लडाकु विमान ठानेर आक्रमण गरेको थियो । उक्त विमान तेहरानबाट दुबई जाँदै थियो ।

९.ईरान

१९ फेब्रअरी सन् २००३ मा केमरेन नजिकै पहाडी इलाकामा विमान दुर्घटना भएको थियो । यो विमानमा इरानका रेवोल्युशनरी गार्ड्सका जवान सवार थिए । यो विमान दुर्घटनामा २ सय ७५ जनाले ज्यान गुमाएका थिए ।

१०.अमेरिका

२५ मे सन् १९७९ मा अमेरिकाको इलेनियामा विमान दुर्घटना भएको थियो । अमेरिकन एयरलाइन्सको फ्लाइट १९१ शिकागो बाट उडान भरेको केहि मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । यो विमानमा २ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् : 

सावधान !  जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति ! 
हवाइ यात्रा गर्दै हुनुहुन्छ ?  ध्यान दिनुहोस यी ४ कुरा

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण

संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ? 

उड्न लागेको विमानमा मौरी बसेपछि‘

‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)

२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित

चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण

के हो ‘ब्ल्याक बक्स’ रु दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन्  ? 

 

उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित) 

उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘

प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान

क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’

डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य 

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १४:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापव्रmम

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१