२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित

एजेन्सी । मकै बारीमा विमान अवतरण गरी २३३ यात्रुलाई जोगाएका विमानका पाइलट दामिर युसुपोफ लाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार हिरो अफ रसिया’ अवार्डबाट सम्मानित गरेका छन् ।

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको थियो । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको विमानमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो ।

चरा ठोकिएपछि असन्तुलित बनेको विमानलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका विमानका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन् ।

चरासँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई जोगाएका पाइलटलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ बाट सम्मानित भएका हुन् ।

तस्वीर गूगल

४१ वर्षका पाइलट दामिर युसुपोफले आफूले निडर भएर आट गरेको कारणले मात्रै अकस्मात अवतरण सम्भव भएको बताएका छन् । विमान उडिसकेपछि एक इन्जिन बिग्रने बित्तिकै विमानस्थललाई घुमेर त्यहाँ अवतरण गर्ने उनले विचार गरेका थिए ।

तर दुवै इन्जिन बिग्रिएपछि उनीसँग कुनै विकल्प नभएको बताए। युरल एयराइनस्को ए ३२१को विमानमा २३३ जना सवारमध्ये एक यात्रीलाई मात्रै अस्पताल लगिएको थियो। राष्ट्रपति पुटिनले युसुपोफसँगै कोपाइलट २३ वर्षका जोर्जी मुर्जिनलाई पनि ‘हिरो अफ रसिया’को मेडल प्रदान गरेका थिए।

अरु चालक दलका सदस्यलाई पनि रुसका शिर्ष पुरस्कारबाट सम्मानित गरिएको थियो। त्यस अवतरणपछि ७४ जनाले स्वास्थ्य जाँचको माग गरेका थिए ।

त्यसमध्ये २३ जनालाई अस्पताल लगिएको थियो र एक जना बाहेक अरु सबैलाई डिस्चार्ज गरिएको थियो ।

यो पढ्न छुटाउनुभयो कि ?

रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि… (अपडेट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?