संसारकै पहिलो यात्रुबाहक विमान : कहिले उड्यो ? को थिए पाइलट ?

काठमाडौं । विमानमा यात्रा गर्नु आजको समयमा साधारण जस्तै भईसकेको छ । तर पहिले एक समय थियो जुन बेला मानिसहरुले कुनै सवारमा चढेर हावामा उढ्न पाइन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।

तर के तपाईलाई थाहा छ, यात्रुबाहक विमान पहिलो पटक कहिले उडेको थियो ? आम मानिसले पहिलोपटक विमानमा कहिले यात्रा गरेका थिए ? त्यो विमान उडाउनेवाला पाइलट को थिए ? त्यस विमानमा यात्रा गर्नको लागि मानिसहरुले कति पैसा तिरेका थिए ? त्यो उडान कुन शहरबाट कुन शहरमा हुँदै थियो ?

१ सय ६ वर्ष पहिला १ जनवरी सन् १९१४ मा पहिलोपटक विमानमा मानिसहरुले यात्रा गरेका थिए । उक्त विमान अमेरिका देखि फ्लोरिडासम्म भएको थियो ।

ति दुई शहरको नाम हो पीटर्सवर्ग र टाम्पा । दुई शहरबीचमा सडकमार्गको दूरी ४२ मिलोमिटरको छ । तर विमानले पहिलोपटक ३४ किलोमिटरको हवाई यात्रा पार गरेको थियो ।

दुई शहरकोबीचमा ३४ किलोमिटर दूरी पार गर्न विमानलाई २३ मिनेटको समय लागेको थियो । यात्रीहरुले एक फ्लाइंग बोटमा उडान गरेका थिए । जसलाई सेन्ट लुईका थोमस बेनोइस्टले डिजाइन गरेका थिए ।

विमान उडाउने पहिलो पाइलट टोनी जेनस थिए । उनले पहिलोपटक यात्रुबाहक विमान उडाएका पनि अनुभवका साथ उडाएका थिए ।

फ्लाइङ्ग बोट विमानलाई ट्रेनको माध्यामबाट सेन्ट पीटर्सवर्ग पठाइएको थियो । यसको तौल लगभग ५ सय ६७ किलोग्राम थियो ।

यसको लम्बाई ८ मिटर (२६फिट) र चौंडाई १३ मिटर (४४ फिट डायनोका साथ) थियो । यसको एक अन्य मोडल १४ बेनोआ एयरबोटको अधिकतम स्पीड १ सय ३ किलोमिटर प्रतिघण्टा थियो ।

यो विमानमा एक पाइलट र एक यात्री बस्ने सिट थिए । सिट दाउराले बनाईएको थियो । जसमा पाइलट र यात्री फरक फरक ठाउँमा बस्ने व्यवस्था मिलाईएको थियो ।

सन् १९१४ को पहिलो दिन पहिलो पटक यात्री विमान उड्न लागेको थियो । त्यो विमानको टिकट काटिएको थियो । एक यात्रीको सिट मात्र विमानमा थियो ।

यसका लागि ३ हजार मानिसहरु सेन्ट पीटर्सवर्गको वाटरफ्रन्टमा टिकट किन्न भनेर गएका थिए । तर विमानको टिकट फील नाम गरेका एक व्यक्तिले किनेका थिए ।

संसारकै पहिलो हवाई टिकट ४ हजार डलरमा बेचिएको थियो । आजको समयमा यो रकम नेपाली ९ लाख ६३ हजार ४ सय छ रुपैयाँ पर्न जान्छ ।

विमानले पानी माथिबाट उडान भरेको थियो । जेनसले पानीको सतहभन्दा ५० फिट माथिमात्र उडान भरेका थिए । तर आधा बाटोमा विमानको एक इन्जिन खराब भएको थियो ।

तर जोनसले केहि कुरा मिलाएर पुनः उडान भरेका थिए । विमान जब टाम्पामा आइपुग्यो तब त्यहाँ ३५ सय भन्दा धेरै मानिसहरु ताली बजाएर जेनस र फीलको स्वागतमा आएका थिए ।

पहिलो उडानपछि विमानको उड्ने समय तय गरिएको थियो । विमान हप्तामा ६ दिन उड्ने भएको थियो । तर विमान दिनमा दुई पटक मात्र उड्ने गर्थ्यो ।

विमान चढ्नका लागि ५ डलरको टिकट काट्नुपथ्र्यो । यो विमान दोश्रो पटक टोनी जोनसका भाई रोजर जोनसले चलाएका थिए ।

यो विमानको सञ्चालन लगभग २ महिनासम्म भएको थियो । त्यसपछि यसको सेवा बन्द भएको थियो । तर यो विमानबाटै आउने समयका लागि यात्रुवाहक विमान सेवाको नयाँ बाटो खोलेको थियो ।

चार महिनामा यस विमानले लगभग १२ सय ५ यात्रीहरुलाई सेवा दिएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?