सावधान ! जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र…

काठमाडौं । मानिसहरु विभिन्न काम विशेषले यात्रा गरिरहेका हुन्छन् । कहिले पैदल यात्रा, त कहिले यातायातमा त्यतिमात्र नभएर मानिसहरु हवाई यात्रा पनि गरिरहेकै हुन्छन् । मानिसहरु यति व्यस्त बनिरहेका छन् जो जो फुर्सदमा नभई हतारमा यात्रा गरिरहेका हुन्छन् । यात्रा पैदलमा होस् यातायातमा चाहे हवाइमा किन नहोस् हामी जहिले सजक र सचेत रहनुपर्छ ।

हामी आज हवाई अर्थात् फ्लाइटमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा चर्चा गर्न गइरहेका छौं । हवाइमा यात्रा गर्ने समयमा तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ ।
ड्रेस मात्र नभई फुटवेयर र परफ्यूम हाल्ने कुरामा पनि सचेत हुनु जरुरी छ । सासले आज तपाई बिसेषगरि महिलाहरुलाई फाइदा पुग्ने कुराको जानकारी दिन गईरहेका छौं ।

१. तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकि फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछीसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसको कारण तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई-हिल्स नलगाउनुस । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. फ्लाइटको समयमा सकेसम्म हावा आउ-जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाईजामा नलगाउनुस, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदी रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केहि मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस । यसको कारण तपाइलाई अरुले घृणा गर्छन ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०-२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?