महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्याे आकस्मिक अवतरण

काठमाडौं । कतार एयरएवेजको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । दोहाबाट बैंककका लागि उडिरहेको कतार एयरएवेजको विमानमा एक नाम नखुलाएकी थाई महिलाले बच्चा जन्माएकी हुन् ।

उडिरहेको विमानमा ती महिलालाई प्रशव पीडा भए पछि त्यहाँका कर्मचारीहरुले उनलाई सम्हालेका थिए । त्यसपछि उनले त्यहिँ बच्चा जन्माएकी हुन् ।

त्यसपछि चालकले विमानलाई कोलकत्तामा नै आकस्मिक अवतरण गराएका थिए । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कोलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको थियो । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

कोलकत्ता विमानस्थलका अधिकारीका अनुसार दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर-८३०, को विमानले जीवन रक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?