‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)

काठमाडौँ । ‘टेकअफ’गर्ने क्रममा बोइङ विमानान आगलागि लागेको छ । फिलिपिन एयरलाइन्सको बोइङ विमानमा एलएएफ विमानस्थलमा टेकअफ गर्ने समयमा इन्जिनमा आगलागि भएको छ ।

स्थानिय संचार माध्यमका अनुसार लस एन्जलसबाट उडान भरेको बोइग ७७७ मा ३४७ यात्री सहित १८ क्रू मेम्बर सवार रहेका थिए । पाइटलाई इन्जिन खराब भएको जानकारी दिएको थियो । त्यस पछि विमानलाई इमरजेन्सी अवतरण गरिएको छ । विमानमा सवार यात्रु सबै सकुशल रहेको अधिकारीहरुले बताएका छन्।

विमान रहेका यात्रुहरु रुन चित्याउन थालेको विमान भित्र बनाइएको भिडियोमा देख्न सकिन्छ । विमानको इन्जिनमा आगलागी देखिएपछी विमान भित्र रहेका एक यात्रीले यसको भिडियो खिचेका थिए । अहिले यी दुइ भिडियो भाइरल भएको छ ।

विमान आगलागी भएपछि आपतकालिन स्थितिमा अवतरण गरिएको थियो । बोइग ७७७ विमान लस एन्जलस अन्तराष्ट्रिय विमानस्थलदेखि फिलिपिन्सको मनीला गइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?